बाँदरमुढे घटनाको १५ वर्ष : दोषीहरूको पहिचान नहुनु र पीडितले न्याय नपाउनु दुःखद
प्रकाशित २०७७ जेठ २३ शुक्रबार
527
Shares
काठमाडौं । दश वर्षेय-सस्त्र द्वन्द्धका दौरान चितवनको माडीस्थित बाँदरमुढेमा घटाइएको धन र जन क्षती हुने बिस्फोटक घटनाको शुक्रबार १५ वर्ष पूर भएको छ। २०६२ जेठ २३ मा तत्कालीन माओवादी कार्यकर्ताहरूले सर्वसाधारण नागरिकहरू चढेको गाडीमा विस्फोट गराउँदा ३८ ज ना नेपाली नागरिकहरूको मृत्यु भएको थियो भने घटनामा ४० भन्दा बढी मानिस घाइते भएका थिए । घाइते र अपांगहरू आजसम्म पनि शारीरिक र मानसिक समस्याबाट ग्रसित छन् ।
'सत्यनिरूपण तथा मेलमिलाप आयोग ऐन संसोधन नहुनु,स्वतन्त्र र निष्पक्ष अनु सन्धान गर्ने, पीडितलाई न्याय र क्षतिपूर्ति दिने भनीएको घटना आजसम्म कुनै पनि हिसाबले अनुसन्धान नहुनु, दोषीहरू पहिचान नहुनु र पीडितले न्याय नपाउनु दुःखद कुरा हो।',द्वन्द्व पीडित राष्ट्रिय संजालका अध्यक्ष गोपल बहादुर शाहले भने
द्वन्द्व पीडित राष्ट्रिय संजाल तत्काल छानबिन प्रकृया अगाडि बढाइ दोषीहरू पहिचान गरि कारबाहिको दायरामा ल्याउन र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन एवं सत्यनिरुपण तथा मेलमिलाप आयोग ऐन तत्काल संसोधन गर्ने प्रकृया अगाडि बढाउन सरोकारवाला सबैमा खबरदारी गरेको छ।
साथै द्वन्द्व पीडितहरुलाई न्याय उचित राहत, क्षतिपूर्ति लगायतका परिपुरणका प्याकेजहरू उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ।