कपिलवस्तुमा एकै पटक थपिए ७७ जना कोरोना संक्रमित, संख्या पुग्यो २६५
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७७ जेठ १७ शनिबार
881
Shares
कपिलवस्तु। कपिलवस्तुमा एकै पटक ७७ जना कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य कार्यालय कपिलवस्तुले शनिबार दिउँसो दिएको जानकारी अनुसार आज एकै पटक यति धेरै संक्रमित थपिएका हुन्। यो संगै जिल्लामा कोरोना संक्रमितको संख्या २६५ पुगेको छ। शनिवार थपिने संक्रमितमा तीन स्थानीय तहका रहेका छन। जस अनुसार महाराजगन्ज नगरपालिकाका बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष रहेका छन्।
कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुष रहेका छन भने यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका २६ जना पुरुष र २५, १९ बर्षीय दुई जना महिला रहेका छन। शुक्रबार मात्र जिल्लाका चार स्थानीय तहमा गरी ५२ जना संक्रमित थपिएका थिए। पछिल्लो समय जिल्लामा कोरोना संक्रमितको संख्यामा बृद्धि हुँदै जान थालेको छ।
यता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कोरोना संक्रमण फैलन नदिन जेष्ठ २० गतेसम्म जिल्ला सिल गरेपनि बैंक तथा वित्तीय संस्था खुल्ला गर्ने निर्णय गरिएको छ भने दैनिक दुई घण्टा अत्याश्वकीय पसल सञ्चालन गर्न लिने निर्णय गरेको छ । यो निर्णय आइतबार देखि लागु हुनेछ।