पाँच जना मारिएको घटनाको निन्दा गर्दै शान्ति समाजद्वारा बौद्धमा प्रदर्शन
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
574
Shares
काठमाडौं । रुकुमपश्चिमको चौरजहारी सोतीमा भएको घटनाको उच्चस्तरीय निष्पक्ष समिति गठन गरी दोषीलाई कारवाहीको माग गर्दै मानवअधिकार तथा शान्ति समाजले बौद्धमा प्रदर्शन गरेको छ ।
समाजको काठमाडौँ शाखाले शुक्रबार बिहान आयोजना गरेको प्रदर्शनीमा पाँच नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको तथा कतिपयलाई कुटपिट गरिएको घटनाको निन्दा गर्दै दोषीलाई कानूनी कारवाही गरी भविष्यमा यस्ता घटना दोहोरिन नदिनका लागि उपयुक्त कदम चाल्न समाजले सरकारको ध्यानाकर्षण गराएको हो ।
प्रदर्शनपछि कोणसभालाई सम्बोधन गर्दै समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले २५ वर्षदेखि दलित अधिकार मानवअधिकार भन्ने नारासहित सामाजिक न्यायका लागि संस्थाले विभिन्न अभियान सञ्चालन गर्दै आएको जानकारी दिए ।
समाजका सल्लाहकार होमकान्त चौलागाईँ र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनता बढ्न दिन नहुने बताए । प्रदर्शनीको संयोजन काठमाडाँै शाखा सचिव ईश्वर पुडासैनीले गरेका थिए ।