arrow

कपिलवस्तुमा कोरोना संक्रमित १३६ पुगे, थपिए ४ जना

logo
मणिप्रसाद गैह्रे, 
प्रकाशित २०७७ जेठ १६ शुक्रबार
kapilbastu-hospital1.jpg

कपिलवस्तु । कपिलवस्तुमा कोरोना भाइरस संक्रमितको संख्या १३६ पुगेको छ । बिहीबार राति थप ४ जना पोजेटिभ पुष्टि भएपछि उक्त संख्या १३६ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । 

थपिएकाहरु कपिलवस्तु नगरपालिका वडा नम्बर १० का बर्ष २४ का पुरुष, वडा नम्बर ११ का बर्ष २३, २५ र २६ का ३ पुरुष रहेका छन् । 

उनीहरुको स्वास्थ अवस्था सामान्य रहेको र स्वास्थकर्मीको सम्पर्कमा रहेको समेत स्वास्थ्य कार्यालयले जनाएको छ । 

भारतबाट दैनिकजसो थुप्रैको संख्यामा नेपालीहरु बिना कुनै परीक्षण नेपाल छिर्दा स्थिति भयावह बनेको छ । 

कपिलवस्तुसंग जोडिएको नाकाबाट विशेषगरी कपिलवस्तु, अर्घाखाँची, गुल्मी लगायतका नेपाली कामदार आउने गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ