दार्चुलामा पहिलो पटक भेटिए कोरोना संक्रमित, २१ वर्षीय पुरुषमा भेटियो
प्रकाश चन्द्र भट्ट,
प्रकाशित २०७७ जेठ १५ बिहिबार
383
Shares
दार्चुला। दार्चुलामा पहिलो पटक २१ वर्षीय पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको छ । जेठ ८ गते धार्चुला नाकाबाट भित्रिएका महाकाली नगरपालिकाका २१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनी भारतको दिल्लीबाट आएको बुझिएको छ ।
युवकको ढीलो गरी आएको (पीसीआर) रिपोर्टमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख जयराज भट्टले जानकारी दिए ।
जेठ ८ गते धार्चुलाको नाका खुलाइ उनीसंगै ३१९ जना भित्रिएका थिए । २१ वर्षीय युवक महाकाली नगरपालिकाको क्वारेन्टाइनमा बसेको थिए । उनीसंगै बसेका अन्यको रिपोर्ट आउन बाँकी रहेको छ ।
कोरोना संक्रमितको जिल्ला अस्पत्ताल दार्चुलामा उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ । तर उनको कोरोना पुष्टि नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नेछ ।