arrow

संचारकर्मी समक्ष नेपाल प्रेस युनियन कास्की

logo
प्रकाशित २०७७ जेठ १२ सोमबार
press-union-pokhara-suppot.jpg

पोखरा। नेपाल प्रेस युनियन कास्कीले संचारकर्मीलाई सहयोग गरेको छ । लकडाउनका बेला रिपोर्टीङ गरिरहेका संचारकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्नुको साथै समस्यामा परेकालाई सहयोग गरिएको हो ।

अध्यक्ष नवीन सिग्देलको पहलमा दोस्रो चरणसम्म ३० जनाभन्दा बढी संचारकर्मीलाई मास्क, सेनिटाइजर र ग्लब्स तथा समस्यामा परेका संचारकर्मीलाई सहयोग गरिएको उपाध्यक्ष प्रकाशचन्द्र सापकोटाले बताए । 

दोस्रो चरणका लागि पोखरा महेन्द्रपुलस्थित पाथिभरा सर्जिकल सप्लायर्सकी प्रोपाइटर विद्या अधिकारीले स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेकी थिइन्।

‘संचारकर्मीको आवश्यकता र समस्यामा नजिक हुने छौं, अध्यक्ष नवीन सिग्देलले भने, संचारकर्मीसँगै आमनागरिकका समस्याप्रति पनि गम्भीर छौं।’

 

 

 

 

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ