सोमबार विहानसम्म ६७५ जनालाई कोरोना संक्रमण, ४ को मृत्यु
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ १२ सोमबार
634
Shares
काठमाडौं। आइतवार १९ जनाको मात्र पाइएको कोरोना संक्रमितको संख्या सोमबार ह्वात्तै बढेको छ। सोमबार थप ७२ जनामा कोरोना संक्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार थप ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि गरेको हो। यो सहित कोरोना संक्रमितको संख्या ६७५ पुगेको छ। आइतवार संक्रमितको संख्या ६०३ थियो।
संक्रमित हुनेमा धनुषामा ३, कपिलवस्तुमा ३, काठमाडौंमा ३, बारामा २३, रौतहटमा २६, सप्तरीमा २, बर्दियामा १ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
यस्तै, बाँकेमा ४, बारामा २१, दैलेखमा ७ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्। संक्रमित हुनेमा एक महिला र अन्य ७१ जना पुरुष रहेका छन्।