बाँकेका थप १४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५ सय नाघ्यो
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
614
Shares
नेपालगन्ज । बाँकेमा २१ जना कोरोना संक्रमित निको भएर घर फर्केकै दिन आज थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नरैनापुरमा अरु १३ जना थपिएका छन् भने राप्तीसोनारीमा पहिलोपटक एक जनामा संक्रमण देखिएको छ ।
नरैनापुरमा मात्रै संक्रमितको संख्या ८७ पुगेको छ भने बाँकेका ४ वटा स्थानीय तहमा संक्रमण देखिएको छ । जिल्लामा संक्रमितको संख्या १ सय १५ पुग्दा १ जनाको मृत्यु भएको छ भने नेपालगन्जका २१ जना निको भएर घर फर्केका छन् ।
मुलुकभर संक्रमित ५ सय ७ जना पुगेका छन् । ७० जना निको भएका छन भने ३ जनाको मृत्यु भएको छ ।