प्रधानमन्त्रीको गृहजिल्लामा ३५ जना कोरोना संक्रमित, किट अभावले परीक्षण ठप्प
भारतबाट लुकिछिपी नेपाल छिर्ने क्रम बढ्दो, भारतले उत्तरपदेश र बिहारलाई ग्रिनजोनमा राख्दा प्रभाव
युबराज रेग्मी,
प्रकाशित २०७७ जेठ ९ शुक्रबार
587
Shares
झापा । पछिल्लो तथ्यांकअनुसार नेपालमा ४ सय ८७ जना कोरोना भाइरस कोभिड १९ का संक्रमित फेला परिसकेका छ्न् ।
उक्त क्रममा झापामा पछिल्लो समय कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । छिमेकी देश भारतबाट लुकिछिपी नेपाल प्रवेश गर्नेक्रम अझै रोकिएको छैन ।
नेपालसंग सीमा जोडिएको भातरको उत्तर प्रदेश र बिहार राज्यलाई भारतले ग्रिन जोनमा राख्नुका साथै उक्त इलाकामा आफ्नो रेल सेवा सुचारु गरे पश्चात् भारतमा मजदुरी गर्न गएका हजारौँ नेपाली नागरिकहरु कोरोना सन्त्रासबाट सुरक्षित रहन आफ्नो मातृभूमि नेपाल आउने क्रम दिनानुदिन बढ्दै गएको छ ।
हालसम्म झापा जिल्लामा ३५ जना कोभिड १९ का संक्रमित फेला परिसकेका छ्न् ।
पछिल्लो समय झापा जिल्लामा कोरोनाका बिरामी बढिरहँदा कोरोना परीक्षणको किट अभाव भएको छ ।
किट नहुँदा संक्रमणको उच्च जोखिम रहेका क्षेत्रमा परीक्षण गर्न नसकिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार अपराह्नसम्म झापामा कोभिड संक्रमितको संख्या ३५ पुगेको छ ।
सीमावर्ती कचनकवल गाउँपालिकामा मात्र ३३ जना संक्रमित छन् ।
दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा संक्रमण पुष्टि भएका दुई जना विराटनगरस्थित कोशी अस्पतालको कोभिड उपचार केन्द्रमा उपचारपछि घर फर्किसकेका छन् ।