काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रमुख सत्तासाझेदार एमाओवादीलाई नयाँ सरकारको नेतृत्वका लागि प्रस्ताव गरेपछि अहिलेको सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले आत्तिएको छ । नेपाली काँग्रेसले एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई नयाँ सरकारको प्रधानमन्त्री बन्न प्रस्ताव गरेपछि एमाले आत्तिएको हो ।
हिजो बेलुका भएको छलफलमा एमाओवादी अध्यक्ष दाहालले प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेताहरुलाई काँग्रेसको प्रस्तावका बारेमा जानकारी गराएपछि मुलुकको राजनितिमा तरंग फैलिएको छ । आफ्नो नेतृत्वको सरकारका विकल्पका विषयमा बाहिर टिकाटिप्पणी हुन थालेपछि नेकपा एमालेको स्थायी समितिको बैठक बसेको छ । बालुवाटारमा बसेको बैठक पछिल्ला राजनीतिक घटनाक्रममा केन्द्रीत रहेको सचिव योगेश भट्टराईले जानकारी दिएका छन् ।
सरकारको विकल्प खोज्न एमाओवादी भित्र पनि चर्को वसह भईरहको छ । सरकारमै रहेका अन्य दलहरु पनि अहिलेको सरकारको विकल्पको खोजीमा लागेका छन् भने काँग्रेसले पनि नयाँ सरकार गठनको तयारी तिव्र पारेको छ ।