भारतबाट आएका १० जना कोरोना संक्रमित पुगेपछि कचनकबल गाउँपालिका सिल
युबराज रेग्मी,
प्रकाशित २०७७ जेठ ७ बुधबार
610
Shares
झापा । भारतीय सीमावर्ती नाकासँग जोडिएको दक्षिणी झापाको कचनकवल गाउँपालिका सिल गरिएको छ । भारतबाट आएका नेपाली नागरिकमा कोरोना भाइरसको संक्रमण देखा पर्न थालेपछि गाउँपालिकाका पाँच वटा वडा सिल गरिएको कचनकवलका अध्यक्ष अञ्जार आलमले जानकारी दिए ।
कचनकवलका क्वारेनटाइनमा बसेकामध्ये १० जनालाई कोरोना संक्रमण देखिएको हो । सोमबार एक जना र मङ्गलवार ९ जनामा कोरोना देखिएपछि गाउँपालिकाले सो निर्णय लिएको अध्यक्ष आलमले बताए ।
मङ्गलबार पुष्टि भएका नौ जनालाई नेपाल रेडक्रस सोसाइटी झापा र बनियानी स्वास्थ्यचौकीको एम्बुलेन्समार्फत विराटनगरस्थित कोभिड अस्पताल लगिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख ईश्वरी पौडेलले बताए ।