सामुदायिक बिकास संघ वनस्थलीले १३ सय परिवारलाई वितरण गर्यो राहत
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ५ सोमबार
955
Shares
काठमाडौं। लकडाउन शुरू भएको पहिलो हप्ताबाट नै राहत कार्य शुरू गरेको सामुदायिक बिकास संघ बनस्थलीले सोमबारसम्म करिव १३ सय परिवारलाई राहत बाँडेको छ।
सडक पेटी र मन्दिर परिसरमा रात गुजार्ने तथा दिनभर ठेला रिक्सा चलाउनेहरु, गाडीमा सामान लोड अन्लोड गरि होटलमा खाना खाने मजदुरहरु भोकै रहेको जानकारी पाएदेखि नै राहत वितरण कार्यको शुरूवात गरिएको संघका सचिब कमल काफ्लेले बताए।
अहिले संघले वडा अध्यक्षको समन्वयमा हेकाफ ३६०, बालाजु उद्दोग संघ, मण्डला समुह जस्ता बिभिन्न संघ संस्था एवं व्यक्तिगत हैसियतमा सहयोग गर्ने दाताहरुको सहयोगमा राहत वितरण गर्दै आएको छ।
संघको अभियानमा स्थानीय समाजसेवीहरू शिवहरि सापकोटा, अध्यक्ष श्रीराम सिंह वस्नेत, पुर्व अध्यक्ष महेश नकर्मी, सिद्धार्थ वनस्थलीका प्रिन्सीपल रुपक राजवंशी, बाबुरम रानाभाट, नरहरी आचार्य, हरिहर प्रसाद श्रेष्ठ लगायतले सहयोग गरेका छन्।