भारतीय सीमा अतिक्रमणको विरुद्ध राँके जुलुससहित प्रदर्शन
राप्रपाले राँके जुलुस निकाल्दै भन्यो –‘नालायक सरकार चाहिँदैन’
जनकबहादुर शाही,
प्रकाशित २०७७ जेठ ४ आइतबार
428
Shares
हुम्ला । भारतले सीमा अतिक्रमण गरेको बिरोधमा हुम्लाको सदरमुकाम सिमिकोटमा राँके जुलुस सहित राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले प्रदर्शन गरेको छ ।
भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा शनिबार साँझ राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले विरोध गरेको छ । उनीहरु भारतविरुद्व प्रदर्शन गर्दै लिपुलेकबाट ट्रयाक खोलेर उद्घाटन गरेको विरोधमा मसाल जुलुस सहित गरिएको प्रदर्शन गरिएको हो ।
भारतको हेपाहा प्रवृत्ति विरुद्ध सरकार नउत्रीए र मुखदर्शक भएर बसेकाले सरकारका विरुद्ध राप्रपाले आन्दोलनमा उत्रिने चेतावनी राप्रपा हुम्लाले दिएको छ ।
अहिले सिमा बिबाद भएका बेला भारतले मिचेको नेपाली भूभाग सहितको नक्सा सार्वजनिक गर्न सरकारसँग माग गरेको राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनका महासचिव जनक फडेराले बताए ।
भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बत जोड्ने सडकमार्ग निर्माण गरी नेपालको सीमा मिचेको भन्दै विरोध स्वरुप ‘देश बेच्न पाईदैन’, ‘नालायक सरकार चाहिँदैन’, ‘लिपुलेक हाम्रो हो’, ‘कालापानी हाम्रो हो’, ‘नरेन्द्र मोदी खबरदार’ लगायतका नाराहरु लगाउँदै मसाल जुलुस सहित प्रदर्शन गरेका थिए ।