काठमाडौं महानगरका ३१ जनालाई आरडीटी परिक्षणमा देखियो कोरोना
आरडीटी परिक्षणमा कोरोना देखिएकालाई क्वारेन्टाइनमा राखि पीसीआर विधिबाट पनि परिक्षण हुने
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ २ शुक्रबार
417
Shares
काठमाडौं। काठमाडौं महानगरपालिकाका ३१ जनालाई आरडीटी परिक्षणमा कोरोना देखिएको छ। महानगरपालिकाले आफ्ना सफाई कर्मचारीका लागि केहि दिनदेखि आरडीटी विधीबाट परिक्षण गरिरहेको छ। यसक्रममा शुक्रवार ५ सय कर्मचारीको टेस्ट गरिएको थियो।
टेस्ट गरिएका मध्ये ३१ जनालाई कोरोना पोजेटीभ देखिएको उपकार्यकारीलाई उदृत गर्दै काठमाडौं महानगरपालिका वडा नम्वर १६का वडा अध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन्।
परिक्षणमा कोरोना पोजेटीभ देखिएका सबैलाई महानगरपालिकाले शुक्रवार क्वारेन्टाइनमा राख्ने भएको छ। उनीहरुलाई महानगरपालिकाले आफ्नो टेकुस्थित वातावरण विभागमा राख्ने विभागका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिएका छन्।
आरडीटी परिक्षणमा पोजेटीभ देखिएकाहरुलाई पीसीआरबाट पनि परिक्षण गराउने महानगरको तयारी छ।
शुक्रवार परिक्षण गरिएकाहरु अधिकांश महानगरका सफाइ कर्मचारीहरु हुन्। उनीहरु बाहेक पनि ठूलो संख्यामा नीजि क्षेत्रबाट पनि काठमाडौंमा फोहोर संकलन हुँदै आएको छ। उनीहरुको भने अझै पनि कुनै पनि विधीबाट कोरोना परिक्षण भएको छैन।