-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९ वर्षीय पुरुषमा संक्रमण देखिएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिए।
संक्रमित व्यक्ति स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको पनि मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोभिड–१९ पुष्टि भएकाको सङ्ख्या २४६ पुगेको छ ।