arrow

संसद्‌मा गएनन् प्रधानमन्त्री, कारण खुलाउन माग

logo
प्रकाशित २०७७ वैशाख ३० मंगलबार
pm-oli-parliament._.jpg

काठमाडौं । नेपाली कांग्रेसका  सांसद दिलेन्द्रप्रसाद बडूले  प्रधानमन्त्री केपी शर्मा ओली संसद्‌मामा उपस्थिति हुन नसक्नुको कारण बताइनुपर्ने माग गरेका छन् । संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्‌मा नदेखिको बताउँदै उनले उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी हुनुपर्ने माग गरेका हुन् ।

प्रतिनिधिसभा बैठकको बुधबारको शून्य समयमा बल्दै सांसद बडूले भने,' संसद्को बर्खे अधिवेशन प्रारम्भ भएदेखि प्रधानमन्त्री संसद्‌मा देखिनुभएको छैन । उपस्थिति हुन नसक्नुका कारणबारे संसद्लाई जानकारी गराउनुपर्‍यो ।'

त्यस्तै सांसद दुर्गा पौडेलले किसानको मनोबल बढाउने गरी काम गर्न सरकारको ध्यानाकर्षण गराए ।

सांसद देवप्रसाद तिमिल्सिनाले रौतहटमा आँधिबेहरीले किसानका बालीनालीमा पुर्‍याएको क्षतिबारेमा जानकारी गराउँदै राहतको उचित व्यवस्था गर्न माग गरे । बैठकमा सांसदहरु  ध्रुवकुमार शाही, नन्दलाल रोका क्षेत्री, नवराज सिलवाल, नारायणप्रसाद मरासिनी, निरुदेवी पाल, पदम गिरी, पार्वता डिसी चौधरी, पवित्रा निरौला खरेल, पार्वतीकुमारी बिसुन्के, पुष्पाकुमारी कर्ण कायस्थ, पुष्पा भुसाल (गौतम), पूर्णकुमारी सुवेदी, प्रकाश स्नेही (रसाइली), दुर्गाकुमारी विश्वकर्मा, दलबहादुर राना, दिल कुमारीले समसामयिक विषयमा सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ