arrow

दिलीप मृत फेला, हत्याको आशङ्का

logo
प्रकाशित २०७७ वैशाख २९ सोमबार
mahottari.png

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिका–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुर आइतबार साँझ मृत फेला परेका छन् । बिर्ता बस्तीकै मकै बारीमा ठाकुरको शव साँझ फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको हो । 

मृतक ठाकुरको टाउकोमा गम्भीर चोट देखिएको छ । यस आधारमा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमानमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीले बताए । 

बिहानभरि आफ्नै बस्ती वरिपरि देखिएका ठाकुर मध्याह्नपछि कहाँ कसको बोलावटमा गएका थिए यसको खोजी गरिने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ