प्रहरी कुट्ने ४ चिनियाँलाई थप दश दिन हिरासतमै राख्ने आदेश
प्रकाशित २०७७ वैशाख २८ आइतबार
678
Shares
काठमाडौं। लकडाउनकै समयमा निषेधित क्षेत्रमा गइ प्रहरीमाथि हातपात गर्ने ४ चिनियाँहरु अनुसन्धानको क्रममा थप १० दिन हिरासतमा रहने भएका छन्।
शुक्रवार सिंहदरवाररबाट पक्राउ परेका ४७ जना चिनियाँ नागरिक मध्ये ४ जनालाई प्रहरीले हिरासतमा लिई अरुलाई सोहि दिन छोडेको थियो।
हिरासतमा लिइएकाहरु लियो लियो, गाभिड, झ्याङजियानझु र गिल्याननलाई प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीकहाँ उपस्थित गराएको थियो।
सरकारी वकिलको अभियोजनपत्र दर्ता गरेपछि काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले थप अनुसन्धानका लागि दश दिनको म्याद दिएका हुन्।
उनीहरुलाई अभद्र व्यबहार मुद्धा अन्तरगत थप १० दिन म्याद थप गरि हिरासतमा राखिएको हो।