धनकुटा । स्वास्थ्य कार्यालय धनकुटाको विशेष सहयोगमा धनकुटा उद्योग बाणिज्य संघको समन्वय तथा पहलमा धनकुटा अस्पतालको प्रयोगशालामा धनकुटामा काम गर्न आएका मजदुहरुको कोभिड १९ को र्यापिट डाइनोष्टिक टेष्ट (आर डि टी परिक्षण) गरिएको छ ।
धनकुटामा कोरोना भाइरसलाई फैलन नदिन र नियन्त्रण गर्नका लागि धनकुटा उद्योग वाणिज्य संघको समन्वयमा तथा पहलमा स्वास्थ्य कार्यालय धनकुटाको विशेष सहयोगमा धनकुटा–हिले राजमार्गमा कालो पत्र गर्ने काम गरिहेका १७ जना मजदुरहरुको नमुनाको रुपमा कोभिड १९ को र्यापिट डाइनोष्ट्रि टेष्ट (आर डि टी परिक्षण) गरिएको हो ।
धनकुटा अस्पतालको प्रयोगशालमा गरिएको कोरोना भाईरस कोभिड १९ को र्यापिट डाइनोष्ट्रि टेष्ट (आर डि टी परिक्षण ) गरिएको सम्पूर्ण मजदुहरुको नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले बताए ।
नेपाल सरकारकोले राष्ट्रिय गौरवका आयोजनाहरु,केन्द्रिय,प्रदेश स्तरीय र स्थानीय तहहरुको विकासका योजनाहरु संचालन गर्ने निर्णय भएपछि धनकुटामा संचालन शुरु भएका योजनाहरुमा काम गर्न आएका श्रमीकहरुको स्वास्थ्य परिक्षण गरेर मात्र काम लगाउने अभियान अन्र्तग नमुनको रुपमा पुजा कन्स्ट्रक्स धनकुटा प्रा.लि.ले धनकुटा –हिलेको सडकमा पिच गर्न ल्याएका मजदुरहरुको कोभिड १९ को र्यापिट डाइनोष्ट्रि टेष्ट (आर डि टी परिक्षण) गरिएको र अन्य योजनाहरुमा काम गर्न आएका मजदुरहरुको समेत स्वास्थ्य परिक्षण गरेर मात्र काम लगाउन र नेपाल सकारले तयार गरेको माप दण्डलाई पालना गरेर मात्र माम लगाउन समेत धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले आग्रह गरे ।
धनकुटा स्वास्थ्य कार्यालयका प्रमुख तुलसी प्रसाद गुरागाई, धनकुटा अस्पतालका प्रमुख पुजन विश्वकर्मा, धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई, वरिष्ठ उपाध्यक्ष मन कुमारी तितुङ्ग, कार्यकारी सदस्यहरु रेजिना पलिखे, लिजा श्रेष्ठ, शोभा श्रेष्ठ, सदस्यहरु कमला गुरागाई, धनकुटा उद्योग बाणिज्य संघका कार्यालय प्रमुख सिचन प्रधान, पुजा कन्स्ट्रक्सका प्रमुख निर्देशक गजेन्द्र पौडेल, पत्रकार महासंघ धनकुटाका उपाध्यक्ष नगेन्द्र राई, सचिव विदुर खवास, सहसचिव हरिबहादुर लम्जेल लगायत संचारकर्मीहरुको सो अवसरमा सहभागीता रहेको थियो ।
राष्ट्रिय गौरवका आयोजनाहरु, केन्द्रिय, प्रदेश स्तरीय र स्थानीय तहहरुको विकासका योजनाहरु संचालन गर्दा श्रमीकहरुलाई अनिवार्य रुपमा सेनिटाईजरले बारम्वार हात धुन लगाउन, समाजिक दुरी कायम गरेर मात्र काम लगाउन, मास्क र पञ्जा लगाउन दिएर मात्र काम लगाउनका र स्वास्थ्य परिक्षण गरी श्रमीकहरुलाई छुट्टै बस्ने व्यवस्था समेत गर्न योजना संचालनकर्ताहरुलाई धनकुटा उद्योग बाणिज्य संघले आग्रह गरेको छ ।