arrow

जोखिममा रहेका ३९ जनाको कोरोनाको पिसिआर परीक्षण

logo
प्रकाशित २०७७ वैशाख २८ आइतबार
corona-pcr-lab.jpg

प्यूठान । जिल्लामा जोखिममा रहेकाहरुको पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । प्युठान नगरपालिका बाट ११ र गौमुखी गाउँपालिकाबाट २८ गरी ३९ जनाको शनिबार स्वाब संकलन गरी आइतबार प्रदेश जनस्वास्थ्य प्रयोगशाखा भैरहवा पठाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।  

शनिबार प्युठान –२ दाखाक्वाडीका दुई व्यक्तिमा आरडिटी नतिजा पोजेटिभ देखिएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

उनका अनुसार बहराइनबाट आएका एक, कतारबाट आएका चार र भारतबाट आएका तथा उच्च जोखिममा रहेका २३ सहित गौमुखी गाउँपालिकाबाट २८ र प्युठान नगरपालिकाका ११ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको प्रमुख सुवेदीले जानकारी दिए । 

जिल्लाभर क्वारेन्टिनमा रहेका र अन्य जोखिमपूर्ण ठाउँबाट आएका भए स्वाव टेष्ट गराइने सुवेदीको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ