झापा । कालापानी लिपुलेक र लिम्पियाधुरा कब्जाको रणनीतिमा लागेको भारतीय विस्तारवाद विरुद्ध नेपाल विद्यार्थी संघ झापाको कमल गाउँपालिका वडा न ५ को मंगलबारेमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छ्न् ।
भारतले शुक्रबार लिपुलेकबाट चीन जाने मार्ग भिडियो कन्फरेन्स गरी उद्घाटन गरे पश्चात् यस विषयमा देशभर विरोध भइरहेको छ ।
उक्त क्रममा झापा जिल्लाका नेविसंघले गो ब्याक ईन्डिया लेखेको ब्यानरसहित नेपाली राष्ट्रिय झन्डा बोकेर विरोध गरेका हुन् ।
नेविसंघ झापा जिल्ला सदस्य आशिष लेप्चाको नेतृत्वमा आयोजित विरोध कार्यक्रम कमल गाउँपालिका निवासी कोटेश्वर बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति महेन्द्र भट्टराईले संयोजन गरेका थिए ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ गौरादह सभापति बाबुराम नेपाल लगायतको उपस्थिति रहेको थियो ।