मदरसामा पढाउने व्यक्तिको सम्पर्कमा आएका थप एक किशोरलाई पनि कोरोना
नेपालगञ्जमा २४ पुग्दा देशभर १०२ जना पुगे कोरोना संक्रमित
सौरभ गिरी, नारायण ओली
प्रकाशित २०७७ वैशाख २६ शुक्रबार
583
Shares
नेपालगञ्ज । नेपालगञ्जमा थप एक कोरोना संक्रमित थपिएसंगै संक्रमितको संख्या २४ पुगेकोछ । आज शुक्रबार नेपालगन्जमा एकजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।
नयाँ संक्रमित किशोर पनि मदरसामा पढाउने व्यक्तिको सम्पर्कमा आएका व्यक्तिहरुसँगै सम्पर्कमा रहेको बताइएको छ।
१६ वर्षीय किशोरमा आज कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्जमा भेटिएका संक्रमितलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा राखिएको छ ।
नेपालगञ्जमा भेटिएका कोरोना संक्रमित व्यक्तिसँगै देशभर कोरोना संक्रमितको संख्या एक सय दुई पुगेको छ।