प्रेस युनियनद्वारा पत्रकार प्रेममाथि गरिएको दुर्व्यवहारको निन्दा
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
488
Shares
पोखरा । नेपाल प्रेस युनियन कास्कीले पोखराका युवा पत्रकार प्रेम नेपालीमाथि प्रहरीले गरेको दुर्व्यवहारको निन्दा गरेको छ ।
समाचार सम्प्रेषणका क्रममा जिल्ला प्रहरी कार्यालय कास्कीको परिषरमा पत्रकार नेपालीमाथि दुर्व्यवहार गरिनु प्रेसमाथिको ठाडो हस्तक्षेप भएको भन्दै त्यस्ता गतिविधि नगर्न चेतावनी दिइएको छ ।
नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले विज्ञप्ति प्रकाशित गरी पत्रकारलाई स्वतन्त्र र निष्पक्ष भएर समाचार सम्प्रेषण गर्न सक्ने वातावरण बनाउन माग गरिएको छ ।
राष्ट्रिय पत्रकारिता दिवसको पूर्वसन्ध्यामा पत्रकार नेपालीमाथि गरिएको दुव्र्यवहारको घटनाले सरकार पत्रकारिता क्षेत्रप्रति अझै पनि निरंकुश बन्न खोजिरहेको प्रमाणित भएकाले त्यसप्रति आपत्ति जनाइएको छ ।