arrow

दशगजामा अलपत्र ३ सय ५३ नेपालीमध्ये ८८ को भारतीय सुरक्षाकर्मीले जिम्मा लिएर क्वारेन्टाइनमा

गर्भवती महिलासमेत थुप्रै सीमामा अलपत्र

logo
मणि प्रसाद गैह्रे, 
प्रकाशित २०७७ वैशाख २५ बिहिबार
quarantine.jpg

कपिलवस्तु । नेपाल  भारत सिमा क्षेत्र दश गजा क्षेत्र कपिलवस्तुको सिमावर्ती नाकाबाट आएका ३ यस ५३ नेपाली नागरिकको जिम्मा  भारतका सुरक्षाकर्मीले लिएका छन् । 

भारतमा कोरोना तीव्र रुपमा फैलिएसंगै नेपालका विभिन्न स्थानबाट भारतमा मजदुरी गर्न पुगेका सर्वसाधारण फर्केर नेपालतर्फ नियमित रुपमा आइरहेका थिए । 

नेपालका सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनीहरुलाई प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले भारतीय पक्षका अधिकारीहरुसंग कुरा गरेपछि बुधवार मर्जादपुर नाकामा रहेका ८८ जना नेपालीलाई भारतीय  सुरक्षाकर्मीको जिम्मा लगाइएको छ ।   

भारतले सिद्र्धाथनगर जिल्ला थाना शोहतगढको रमवापुर माध्यमिक विद्यालयको क्वारेन्टनमा राखेको छ । भारतमा  काम नपाउने कम्पनी बन्द हुने गरेपछि खान बस्न समस्या परेपछि अलपत्र परेपछि उनीहरु नेपाल फर्केका हुन् । 

भारत सरकारले सिमाबाट ती नेपालीलाई सहज रुपमा नेपाल छिर्न अनुमति दिएपछि अहिले उनीहरु कपिलवस्तुको सिमा क्षेत्र चाकरचौडा, मर्जादपुर, कृष्णनगर लगायतका नाकामा अलपत्र अवस्थामा छन् । 

उनीहरुले भारतबाट निर्बाध रुपमा नेपाल छिर्न अनुमति पाएको र नेपाल आएको बताएका छन् । उनीहरुका अनुसार भारतीय सिमा सुरक्षा बल (एसएसबी) ले आफूहरुलाई घर पठाइदिन सहयोग गरेको बताइएको छ ।

भारतको महाराष्ट्र, दिल्ली, उत्तर प्रदेश लगायतमा कोरोना तीव्र रुपमा फैलिएकाले उनीहरु नेपाल छिरेपछि निकै त्रास बढेको छ  ।  धेरैदिनसम्म पेटभरी खान नपाएको, विष्कुट र चाउचाउको सहायताले बोर्डरसम्म आएको उनीहरु बताएका छन् । 

विभिन्न नाकामा रहेका नेपालीहरु अलपत्र परेपछि गाउँमा छिर्दा कोरोनाको त्रास फैलने समस्या  त्यस्तै भित्रिन नपाउँदा नेपाली नागरिक भौकै बस्न परेको वाध्यता रहेको जिल्ला समन्वय समितिका सदस्य अनुप कुमार पाण्डेयले बताए । 

मर्जादपुर नाकाका ८८ जनालाई भारततर्फ व्यवस्थापन गरिए पनि यशोधरा  गाउँपालिका ६ रंगपुर सिमामा रहेका २० जना भने सिमामा नै छन् १ जना ६ महिनाको गर्भवती महिला रहेको सदस्य पाण्डेयले बताए ।  त्यस्तै हरदौर्ना नाकामा पनि एक जना गर्भवती महिला रहेकी छन् ।

प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडलले गृह मन्त्रालयले लग डाउनको समयमा कोहीलाई पनि नेपाल छिर्न नदिन परिपत्र आएको कारण नेपालमा सहज रुपमा ल्याउने वातावरण नभएको बताए ।

तर पनि कसरी नेपाल वा भारतमा क्वारेन्टाइनमा व्यवस्थापन गर्ने बारेमा भारतिय सुरक्षाकर्मी र नेपालमा स्थानीय तहहरुसंग नियमित छलफल गरिरहेको उनले बताए । 

जसको कारण ८८  जनालाई व्यवस्थापन गरिएको र अन्यलाई पनि व्यवस्थापन गर्ने उनले बताए । यता महाराजगंज नगरपालिका प्रमुख अब्दुल कलाम खांले र यशोधरा गाउंपालिकाका अध्यक्ष गिरिजेश कुमार पाण्डेयले  सिमा नाकामा अलपत्र परेका नेपाली नागरिकलाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा राखेर व्यवस्थापन गर्न माग गरेको छ ।

सरकरले पानी परेको समयमा भौकै सिमामा नेपाल  र भारत जान नपाएर विचमा अलपत्र नागरिलाई तत्काल वास बस्न र खाने व्यवस्था मिलाउन माग गरेका छन् । 

भोकमरीबाट बचेपछि सरकारको नियम अनुसार कोरोनाको चेकजांच र  क्वारेन्टाइन समय पूरा गरेपछि घर फकर्ने व्यवस्था गर्न तत्काल सरकारसंग माग गरेका छन् । 

नेपालका सिमामा रहेका क्वारेन्टाइनमा राखेर उनीहरुको खाना बस्न व्यवस्थापन गर्न स्थानीय तहहरु तयार रहेको बताए । महाराजगंज नगरपालिकाको सिमामा जना रहेका छन् । 

उनीहरुलाई मेयर अब्दुल कलाम खांले त्रिपालको व्यवस्था गरेर खाना नास्ताको व्यस्था गरेका छन् ।  त्यस्तै यशोधरा गाउंपालिका क्षेत्रको सिमामा आएका नेपालीहरुको लागि बस्नको लागि त्रिपाल र खानाको व्यवस्था गरिएको अध्यक्ष गिरिजेश कुमार पाण्डेयले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ