arrow

सेनाको गाडीबाट घाइते महिलालाई जहाजबाट उद्धार , भाइको मृ्त्यु

logo
प्रकाशित २०७७ वैशाख २१ आइतबार
helicoptor-army1.jpg

राँझा । नेपाली सेनाको गाडीको ठक्करबाट शनिबार गम्भीर घाइते भएकी प्रतीक्षा भुसाललाई थप उपचारका लागि आज काठमाडौँ लगिएको छ । 

 शिक्षण अस्पताल कोहलपुरमा उपचाररत तीन महीनाकी सुत्केरी भुसाललाई नेपाली सेनाको जहाजद्वारा उपचारका लागि राजधानी लगिएको उनका काका खिलप्रसादले जानकारी दिए । 

उनका अनुसार घाइते प्रतीक्षालाई लिन नेपाली सेनाका डा वसन्त रिजालको नेतृत्वमा तीन सदस्यीय चिकित्सक टोली राँझा विमानस्थल आएको थियो ।  

शनिबार कोहलपुरको एनटिभी रोडमा नेपाली सेनाको बा २ झ ६३४१ नम्बरको गाडीले भे ४ प ७६२० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनका भाइ कोहलपुर –२ निवासी किरणको घटनास्थलमै मृत्यु भएको र उनी घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ