कोरोनाको आइसोलेसनमा बसेकी देवु रहिनन्, ज्यान कोरोनाले लग्यो कि अन्य रोगले ?
प्रकाशित २०७७ वैशाख १९ शुक्रबार
562
Shares
डोटी । जिल्ला अस्पताल अछामको आइसोलेसन वार्डमा उपचाररत एक महिलाको बिहीबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार मृत्यु हुनेमा मङ्गलसेन नगरपालिका–५ की ५१ वर्षीय देवु विक रहेकी छन् ।
एकाएक उच्च ज्वरो खाएपछि ती महिलालाई यही वैशाख १५ गते अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुङ्गानाले बताए ।
उनले भने, “उच्च ज्वरो आएपछि उहाँलाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरेका थियौँ, उहाँको कोरोनाको आरडिटी परीक्षणको रिपोर्ट नेगेटिभ छ, मृत्यु भएको कारणबारे थप बुझ्दैछौँ ।”
मृत्यु भएकी महिलाको कोरोना भाइरसको पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरी सुर्खेत पठाइएको जनाएको छ ।