दाङका बिपन्न परिवारलाई सोनापुर मिनरल्सको तर्फबाट चामल सहयोग
शरद रेग्मी,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
933
Shares
दाङ। दाङको दुधरासमा रहेको सोनापुर मिनरल्स प्रालिले कोरोना रोगबाट मुलुक आक्रान्त रहेको बेला जिल्लावसीहरुलाई दोस्रो चरणमा अति बिपन्न परिवारलाई चामल हस्तान्तरण गरेको छ ।
घोराहि उपमहानगरपालिका क्षेत्र, तुलसिपुर उपमहानगरपालिका र कम्पनिको खानी क्षेत्रमा रहेका बिपन्न परिवारका लागि दुई सए कुईन्टल चामल हस्तान्तरण गरिएको हो ।
बिहिबार एक कार्यक्रमका बिच सोनापुर सिमेन्ट उधोगका महाप्रबन्धक हरि पाठकले घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरिलाई पैतालिस कुईन्टल चामल हस्तान्तरण गरेका थिए ।
तुलसिपुर उधोग बाणिज्य सघंको सदस्य समेत रहेको कम्पनिले एक द्वार प्रणाली मार्फत सहयोग हस्तान्तरण गर्ने भन्दै ५५ कुईन्टल चामल प्रदान गर्ने र उधोग बाणिज्य सघंले पुन. उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने तयारी समेत गरिएको छ ।
कोरोना भाईरस कोभिड १९ को नियन्त्रण र सतर्कता अपनाउनका लागि कम्पनीले आफ्नो उत्पादन समेत बन्द गरेको छ । उधोग बन्द भएपछि मजदुरहरुलाई कम्पनि भित्रै लकडाउन गरिएको समेत महाप्रबन्धक पाठकले बताए ।
उनका अनुसार लकडाउन पछि कंम्पनिमा उत्पादन सुरु गर्दा आवश्यक पर्ने कच्चापदार्थको ब्यबस्थापन गर्न प्रमुख जिल्ला अधिकारि गोबिन्द रिजाल, स्थानिय सरकार प्रमुख र उधोग बाणिज्य सघंहरुले समन्वयकारी भुमिका खेलेकोमा महाप्रबन्धक पाठकले धन्यबाद समेत प्रकट गरेका छन् । कंम्पनिले सामाजिक उत्तरदायित्व बहन गर्दै बिभिन्न बिषम परिस्थिति र समयमा जिल्लावासीहरुलाई महत्वपुर्ण सहयोग गर्दै आएको छ । भोलिका दिनहरुमा पनि संगसंगै रहने प्रतिवद्धता पठकले बताए ।
यस अघि कोभिड रोग नियन्त्रण र सावधानी अपनाउन कंम्पनिले जिल्लाका स्वास्थ्यकर्मिहरुका लागि सात लाख बराबरको स्वास्थ्य सामाग्रि जिल्ला प्रशासनको बिपद ब्यबस्थापन शाखामा हस्तान्तरण गरेको थियो ।