पाँचथरमा लकडाउन उल्लंघन, सामाजिक सुरक्षा भत्ता लिनेको भीड
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १८ बिहिबार
657
Shares
पाँचथर । सरकारले लकडाउन लाई थप कडाई गर्दै लगिरहेको अवस्थामा पाँचथरमा भने लकडाउन उल्लङघन भएको पाइएको छ । छिटफुट गर्दे सदरमुकाम फिदिमका पसलहरु धेरै खुल्न थालेका छन् भने सर्वसाधरणहरुको बजारमा चहलपहल बाक्लिएको देखिन्छ ।
यस्तै अहिले सामाजिक सुरक्षा भत्ता लिने सेवाग्राहीको बैंकमा सामाजिक दूरी समेत कायम नगरी लाइनमा बसेको देख्दा पनि नियमित गस्ती रहेको प्रहरी मौन छ ।
त्यसैगरी बिना अनुमति संचालन भइरहेका सवारी साधान समेत प्रहरीले नियन्त्रणमा लिन सकेको देखिँदैन । अहिले सामाजिक सुरक्षा भत्ता लिन भन्दै कृषि विकाश बेंक,नेपाल बेंक तथा अन्य कमर्सियल बेंकहरुमा समेत सेवाग्राहीको भिड देखिन थालेको छ ।
यसैगरी दैनिक उपभोग्य सामानहरु भएका पसल तथा सागसब्जीका पसलहरु खुल्ला भएको पाइएको हो । यता बेंकहरुले भने सामाजिक दूरी कायम गरेरै सामाजिक भत्ता वितरण गरिरहेको दावी गर्छन् । कृषि विकाश बेंक फिदिम शाखाका प्रमुख भानु खनालले गाउँबाट मानिसहरु दुःख पाएर आएपछि नदिन पनि अप्ठेरो भएको हुँदा सामाजिक दूरी कायम गरेरै सामाजिक भत्ता वितरण गरिरहेको बताए ।
यस्तै जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक सिद्धराज न्यौपानेले प्रहरीले कडाई गर्दा पनि वढि कडाई गर्यो भन्ने नगर्दा पनि खुकुलो भयो भन्ने गुनासो आउने गरेको यद्धपि सकेसम्म कडाई गरिरहेको बताए ।