राजधानीबाट घर फर्किएका नागरिकहरुसंग पाँचथर जिल्लावासी त्रसित
पूर्व जानकारी नगराई आउँदा पालिकाहरुलाई ब्यवस्थापन गर्न समस्या
जितेन्द्र भण्डारी,
प्रकाशित २०७७ वैशाख १४ आइतबार
532
Shares
पाँचथर। जिल्लाका स्थानिय तह तथा सम्वन्धित निकाय सित प्रभावकारी समन्वय नगरीकन पाँचथर जिल्ला फर्किएका नागरिकसित जिल्लावासी शंसकित र त्रसित बनेका छन् ।
स्थानिय तह,जिल्ला समन्वय समिती तथा जिल्ला प्रशासन सित प्रभावकारी समन्वय नगरीकन जिल्ला फर्किएका उनीहरु सित जिल्लाबासी त्रसित बनेका हुन् ।
उनीहरुको चाडो र्यापिड टेस्ट गर्न,प्रभावकारी ढंगबाट स्वास्थ्य परिक्षण गरेर मात्रै होम क्वारेन्टाईनमा फर्काउनु पर्ने कोभिड १९ मानव अधिकार अनुगमन समिती संयोजक नन्द नेम्बाङले बताए ।
स्थानिय तह सित स्पष्ट र प्रभावकारी समन्व्य नगरीकन राजधानीबाट अलपत्र परेर फर्किएका उनीहरुलाई अहिले पालिकाले बनाएको विभिन्न विद्यालयको पब्लिक क्वारेन्टाईनमा राखिएको छ ।
कोचाकोच गरेर एउटै क्वारेन्टाईनमा तिन जना सम्म ती ब्यक्तिहरुलाई राखिएको समेत पाइएको छ । विना पूर्व जानकारी उनीहरु आएपछि उनीहरुलाई ब्यवस्थापन गर्न समस्या भएको फिदिम नगरपालिकाका प्रवक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष नरेन्द्र गुरुङले बताए।
अहिले विभिन्न पालिकामा गरेर २ सय ९२ जना फर्किएका नागरिकहरुलाई पब्लिक क्वारेन्टाईनमा राखिएको पाँचथरका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी नारायण प्रसाद न्यौपानेले बताए । यसअघि १ सय ३८ जना र अहिले काठमान्डौँमा बाट थपिएका गरी ४ सय ३० जना पब्लिक क्वारेन्टाईनमा बस्दै आएका छन् ।