मुगु । मुगु जिल्ला स्थित रारा राष्ट्रिय निकुन्ज भित्र रहेको एक व्यवसायिक रिसोर्टमा आगलागी हुँदा लाखौको क्षति भएको छ ।
निकुन्जको कार्यालय भन्दा ५० मिटर माथी रहेको भिलेज हिरिटेज एण्ड रिसोर्टमा शनिबार दिउँसो २ बजेतिर एक्कासी आगलागी हुँदा २ तले भवनसहित भवन भित्र रहेका होटलका लाखांै मुल्य बराबरका जिन्सी सामानहरु जलेर खरानी भएको रारा राष्ट्रिय निकुन्ज कार्यालयका निर्मित निकुन्ज संरक्षण अधिकृत यज्ञ राज रोकायाले फोन मार्फत जानकारी गराए ।
आगलागी भए लगतै रिसोर्ट नजिकै रहेको श्रीदल गुल्मका नेपाली सेना र निकुन्जका वन रक्षकहरुको टोलीले आगो निभाउन सहयोग गरेका थिए ।
भवनको आगो निकुन्जको वनक्षेत्रमा नसल्कियोस भनेर सुरक्षाकर्मीहरुले अग्नी रेखा समेत हालेर वन जोगाए पनि भवन पुर्ण रुपमा खरानी भएको छ ।
आगलागी भएको करिव १ घण्टा पछि आगो नियन्त्रणमा आएपनि भवनको धेरैजसो संरचना काठले बनाएकाले भवनलाई आगोले खरानी बनाएको थियो ।
नेपाल कै प्रमुख पर्यटकीय केन्द्र तथा नेपाल कै ठुलो ताल रारा घुम्न आउने आन्तरिक ताथ बाईय पर्यटकहरुका लागि निकुन्जभित्र रहेका डाँफे होटल र भिलेज हिरिटेज एण्ड रिसोर्टले बस्न र खानको लागी सेवा दिदै आएका थिए । रारा आउने पर्यटकहरुका लागी यी दुई होटल कम भएर पर्यटकहरुले दुःख पाउँदैैै आएका गुनासो गर्ने गरेका थिए ।
पर्यटन व्यवसायी राजु कार्कीले संचालन गदै आएको यो रिसोर्टले पर्यटकहरुलाई गुणस्तर खाना नास्ता र सुविधायुक्त बसाईको सेवा दिँदै आएको बेला रिसोर्टमा आगलागी भएर लाखौको क्षती भएपछि रारा आउने पर्यटकहरुले झनै दुःख पाउने भएका छन् ।
आगलागी भएको खबर पाउने बित्तिकै सदरमुकाम गमगढीबाट नेपाल प्रहरी घटना स्थलतिर गएको थियो ।
रिसोर्टमा आगलागी बिजुलीको तार सर्ट भएर भएको भन्ने बताइए पनि के कसरी आगलागी भएको त्यो एकिन हुन नसकेको, आगलागीले भवन सहित त्यहाँ रहेका सबै सामान, खाद्य वस्तुहरु खानी भएको र प्रहरी स्थलगत मुचुल्का निकाली रहेकाले एकिन क्षतीको विवरण प्रहरी टोली सदरमुकाम गमगढी फर्केपछि मात्र थाहा हुने प्रहरी नायव उपरिक्षक भुवनेश्वरप्रसाद साहले बताए ।
बैशाख महिना लागे यता सदरमुकाम आसपास यो सहित ५ वटा आगलागीका घटना भएका छन् ।
गत बुधबार मात्र छायाँनाथ रारा नगरपालिका वडा नं १४ बाम गाँउको एक घरमा आगलागी हुदा पुरै घरसहित सरसामान खरानी भएका थिए ।
पिडितहरुलाई छायाँनाथ रारा नगरपालिकाले घर मै गएर राहत उपलब्ध गराएको थियो ।