arrow

लकडाउनको समयमा एकैदिन सिमकोटका ६ पसलमा चोरी

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
theft.jpg1.jpeg

हुम्ला। बन्दाबन्दी (लकडाउन)को मौका छोपि सदरमुकाम सिमकोटमा एकैदिन  ६ पसलमा चोरी भएको  छ । अहिले बन्दाबन्दीका बेला पसल, होटेल बजारमा आउजाउ गर्न कडा गरेको भए पनि बिहीबार राती सिमकोटका आधा दर्जन पसलहरुमा चोरी भएको छ ।

सदरमुकाम सिमकोटको मुटु मानिने मुख्य बजारकाली चोक क्षेत्रका पसलहरुमा चोरी भएको हो । कालीचोक स्थित आदित्य जनरल स्टोरका दुईवटा पसल, पानस कम्प्युटर एण्ड डिजिटल फोटो सेन्टरमा पनि चोरी भएको छ  । यसै गरि कालीचोकमा रहेको एसपी जनरल स्टोर, काठेचुली चोकमा रहेको बालाजी सुनचाँदी पसलको ताला काटिएको छ । चोरले सुरक्षाका लागि राखिएको सिसिटिभी पनि फुटाएको छ । सिसिटिभि फुटाउनु अगाडिको फुटेजमा चोरी गर्न आउने व्यक्तिले मास्क लगाएको देखिएको प्रहरीले जनाएको छ ।

कालीचोककै सुरक्षा प्रवन्ध प्रभावकारी नहुँदा चोरीका घटना बढ्दै गएको व्यापारीहरुले बताएका छन् । अहिले पछिल्लो चरणमा सिमकोटमा चोरीका घटना बडेसंगै सदरमुकाम सिमकोटको सुरक्षा चुनौती बढेको छ । पहिला जस्तो दिनकै पसल खोलेको भए सामान यति चोरी भयो भन्ने थाहा छिटो हुने पानस सपि सेन्टरका पालु रावतले वताए । लकडाउन भए देखि पसल बन्द रहेकोले रातीको समयमा आफनो पसलमा ढोकाको ताला काटी सिसाबाट भित्र छिर्न नसके पछि त्यसै छोडेर गएको रावतले बताए ।

बजारमा राती सुरक्षाकर्मी बाहेक कोही हुदैनन्। उनीहरुको लापरवाहीले मुख्य बजारमा चोरी भएको रावतले वताए । चोकैमा रहेका आदित्य जनरल स्टोरका दूईवटा पसलमा एउटाको ढोका फोरेको छ भने  अर्को पसलमा  रहेका रक्सिहरु बल्याक लेबल, रेड लेबल, ओल्ड दरबार, १५-१६ वटा डाउन जेकेट, १०-१२ वटा जिन्स पाइन्ट चोरी भएको थाहा भए पनि अन्य के कति चोरी भएको छ त्यो एकिन हुन बाँकी रहेको आदित्ये जनरल स्टोरका रेशम महतले बताए ।

सदरमुकाम सिमकोटको सुरक्षा मजवुत भएको प्रहरीले दाबी गरे पनि बजारमा सुरक्षा गस्ती नै नगरेको स्थानियले आरोप लगाएका छन् । बजारमा चोरीको घटना बढेसंगै प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरिरहेको हुम्लाका प्रहरी प्रमुख डिएसपि रामप्रसाद घर्तीमगरले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ