arrow

कोरोना संक्रमित किशोरको रिपोर्ट नै 'नेगेटिभ' देखाएपछि बन्द गरियो जनकपुरको प्रयोगशाला

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
covid-test-corona.jpg

जनकपुर । जनकपुरस्थित प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा कोरोना परीक्षण गर्ने पिसिआर मेशिनबाट परीक्षण आजदेखि रोकिएको छ । मेशिनको उद्घाटन गत चैत २१ मा सामाजिक विकासमन्त्री नवलकिशोर साहले गरका थिए ।  

पिसिआर मेशिनले नेगेटिभ देखाएको सर्लाहीका १४ वर्षीय किशोरको काठमाडौँस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा स्वाब थप परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि जनकपुरको पिसिआर मेशिनबाट कोरोना परीक्षण नगर्ने निर्णय गरिएको हो । 

जनकपुर प्रयोगशालाका इञ्चार्ज रामविनय साह भन्छन्, “सर्लाहीको किशोरको घटनाले मेशिनमाथि आशङ्का उत्पन्न भएको छ, त्यसैले आजबाट कोरोना परीक्षण नगर्ने निर्णय गरेका छौँ ।”

उनले हालसम्म १०० भन्दाबढीको परीक्षण भएको र ती सबैको रिपोर्ट नेगेटिभ आएको बताए । त्यही मेशिनले नेगेटिभ देखाएका सर्लाहीको धनकौल गाउँपालिका–५ हरकटवा बस्ने १४ वर्षीय बालकमा कोरोना भाइरस पोजेटिभ पुष्टि भएको छ ।

किशोरको गत ६ गते सर्लाहीको हरकटवा क्वारेन्टाइन र जनकपुरधामको प्रादेशिक अस्पतालमा गरिएको र्‌यापिड टेस्टमा पोजेटिभ देखिएको थियो । प्रादेशिक अस्पतालमा रहेको पिसिआर (स्वाब टेस्ट) मेशिनमा नेगेटिभ आएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको थियो ।

प्रादेशिक अस्पतालको पिसिआर टेस्ट नेगेटिभ आएपछि आइसोलेसनबाट फिर्ता गरिएका बालकलाई भने हरकट्वास्थित गाउँपालिकाको क्वारेन्टाइनमा नै राखिएको थियो । 

पुनः राष्ट्रिय प्रयोगशाला टेकुमा गरिएको स्वाब परीक्षणमा पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ। चैत २३ गते भारतको नयाँदिल्लीबाट उनी गाउँ हरकट्वा आएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ