arrow

उदयपुरमा कोरोना देखिएपछि सिरहा र सप्तरीको सीमानाका सिल

logo
प्रकाशित २०७७ वैशाख १२ शुक्रबार
Udayapur_map_local.jpeg

उदयपुर । जिल्लामा कोरोना भाइरसको जोखिम वढेपछि प्रदेश नं २ सँग जोडिएको सिरहा र सप्तरीको सीमानाका सिल गरिएको छ । 

सो प्रदेशमा भारतीय सीमासँग जोडिएको आठ जिल्लाको लम्बाइ ४२८ किलोमिटर रहेको छ । सो क्षेत्रमा ३२९ चेक प्वाइन्ट स्थापना गरिएको छ । 

खुला सीमाका कारण भारतबाट लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम बढेपछि प्रहरीले सीमानाकामा चेक प्वाइन्ट स्थापना गरी निगरानी बढाएको हो । 

 भारत फर्किन लागेका ४० भारतीयलाई पर्सा प्रहरीले वीरगञ्जबाट नियन्त्रणमा लिएको छ । प्रहरीले  पर्साको अलौ, सिर्सिया र वीरगञ्ज भन्सार क्षेत्रबाट नियन्त्रणमा लिएको हो । 

 उनीहरुलाई यहाँस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको छ । अहिले त्यहाँ १२४ भारतीय नागरिक रहेको ग्रिनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले निःशुल्क खाने–बस्ने व्यवस्था मिलाइएको अध्यक्ष प्रकाश खेतानले  बताए । 

गत चैत १९ गतेदेखि सो  केन्द्र र रुङ्गटा वेलफेयर सोसाइटीको सहकार्यमा खाने–बस्ने व्यवस्था मिलाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ