arrow

लकडाउनमा रोगले हैन भोकले मर्दैछन् जनता भन्दै मौन विरोध जुलुस (भिडियोसहित)

logo
प्रकाशित २०७७ वैशाख ११ बिहिबार
93695804_3723416054398144_5.jpg

रामेछाप । लकडाउनमा गरिब जनताले खान नपाएको भन्दै सामाजिक दूरी कायम गर्दै रामेछापमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विरोध जुलुस निकालेका छन् । 

जुलुसका सहभागीहरुले ‘सरकार के तिमी सुन्न तयार छौ ? रोगले होइन भोकले चाहिं मर्दैछन् नि जनता’, ‘निरङ्कुशताको सपना होइन ! भोको पेटलाई राहत दे !!’, ‘प्रिय सरकार, चुट्किला होइन–चटनी दे !!’, ‘राजनीति पछि गर्छौं, कोरोना विरुद्ध एक भई लड्छौं’, ‘प्रतिगमनकारी अध्यादेश फिर्ता गर ।’, ‘लोकतन्त्र हाम्रो प्राण हो’ लगायतका ब्यानर बोकेर जुलुस गरेका थिए ।

नेपाली कांग्रेसका जिल्ला कार्यसदस्य एवं नेविसंघका नेता दिपेन्द्र खड्काले मौन जुलुस रामेछाप बेथानको सातदोबाटो चोकबाट निकालिएको बताए । 

उनले दुई सयको संख्यामा नेता तथा कार्यकर्ता सहभागी भएर लकडाउनमा अव्यवस्थित जनजीवन, व्यक्ति हेरेर राहत वितरण, सरकारले ल्याएको अध्यादेशको विरोध र सरकारले गरिरहेको भ्रष्टाचारको विरोध गर्दै मौन जुलुस निकालिएको बताए । 

उनले सरकारले सोमबार ल्याएका दुवै अध्यादेश प्रतिगामी भएको बताएका छन् । 

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ