arrow

वडाअध्यक्ष चलाउनेको पहलमा ३ सय ६० जना अलपत्र यात्रु आफ्नो गन्तव्यतर्फ गए

logo
गोविन्द बीसी,
प्रकाशित २०७७ वैशाख १० बुधबार
corona-relief-chlaune.jpg

बौनिया। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ को कर्णाली चिसापानीबाट आज बुधबार मात्रै ३ सय ६० जना मजदुर र विद्यार्थीलाई उद्दार गरि गन्तव्यतर्फ पठाइएको छ।

ज्यालादारी, अध्ययन र विभिन्न कामको सिलसिलामा घरबाट अन्यत्र जिल्ला गएका र लकडाउनका कारण अलपत्र परेका यात्रुलाई लम्कीचुहा नगरपालिकाका मेयर, वडाअध्यक्ष र ईलाका प्रहरी कार्यालय चिसापानी, शसस्त्र प्रहरी बल डुँडेझारी, नेपाली सेना गोराङ्गे र ट्राफिक प्रहरीका साथै प्रशासनको समन्वयमा व्यवस्थापन गरि सम्बन्धित स्थानमा पठाइएको वडा अध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिए।

लकडाउन अझै लम्बीने संकेत पाएपछि विभिन्न ठाउँबाट विभिन्न माध्यमबाट बुधबार (आज) विभिन्न जिल्लाका गरि यो समाचार तयार पार्दासम्म ३ सय ६० जना सुदूरपश्चिमेलीलाई गन्तव्यतर्फ पठाइएको वडाअध्यक्ष भक्तबहादुर चलाउनेले जानकारी दिएका छन्। उनीहरू काठमाण्डौ, पोखरा, लमजुङ, बुटवल, सुर्खेत अर्घाखाँची लगायत विभिन्न जिल्लामा काम गर्न तथा अन्य काममा गएका र लकडाउनका कारणले काम बन्द भएपछि समस्यामा परेका थिए।

घर फर्केका उनीहरू त्यहाँ जिल्लाका विभिन्न ठाँउमा अध्यन, सडक निर्माण, इटा भट्टा र उद्योग, फ्याक्ट्रीमा ज्याला मजदुरी गर्ने कामदार तथा श्रमिकवर्गका नागरिक रहेको बताइएको छ। उनीहरू केही छोटो दूरीको पैदल यात्रामा निस्केका थिए भने, केही लामो दूरीमा बसको यात्रा भएर कर्णाली चिसापानीसम्म आइपुगेको वडाअध्यक्ष चलाउनेले बताए।

लकडाउन अवधिभर करीब २ हजार बढीलाई विभिन्न सहयोगी हातसंगको सहयोगमा सम्बन्धित जिल्ला र स्थानीय तह पठाईसकेको वडाअध्यक्ष चलाउनेले बताए। चिसापानीमा भिड व्यवस्थापन गर्न सुरक्षाकर्मीलाई समेत हम्मेहम्मे परेको छ।

आज आएका यात्रुलाई लम्की बहुमुखी क्याम्पसको बस लगायतका ट्याक्टर, ट्रकमा गरी सम्बन्धित ठाउँमा पठाएको बताउँदै अहिले आउने क्रम पनि जारी रहेको बताए। वडाअध्यक्ष चलाउने र सुरक्षाकर्मीहरु विहान ५ बजेदेखि दिनभर यात्रुहरुलाई सम्बन्धित ठाउँमा पठाउने कार्यमा निरन्तर लागेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ