सरकार हाम्रो बलिदानीबाट प्राप्त उपलब्धि जोखिममा पार्न उद्यत – नेविसंघ महामन्त्री तिमल्सिना
प्रकाशित २०७७ वैशाख ९ मंगलबार
1k
Shares
काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) का महामन्त्री बलदेव तिमल्सिनाले सरकार गलत समयमा गलत कदम उठाएर आफूहरुले लोकतन्त्रका लागि दिएको बलिदानीबाट प्राप्त उपलब्धिलाई जोखिममा पार्न उद्यत रहेको बताएका छन् ।
उनले ‘विश्वव्यापी महाव्याधी कोरोना भाइरस (कोभिड–१९) विरुद्ध विश्व नै एकीकृत हुनुपर्ने वर्तमान सन्दर्भममा बेमौसमी तबरले नियतवश र योजनाबद्ध ढंगबाट सरकार व्यवस्थाप्रति नै वितृष्णा जगाउन र हाम्रो बलिदानीबाट प्राप्त उपलब्धिलाई नै जोखिममा पार्न उद्यत छ’ भनेका छन् ।
नेता तिमल्सिनाले संघर्षबाट प्राप्त ‘संघिय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यबस्था’ माथिको षड्यन्त्र र आक्रमण कदापि क्षम्य नहुने भन्दै सरकारलाई चेतावनी दिएका छन् ।
उनले सरकारले सोमबार जारी गरेका दुई अध्यादेश आपत्तिजनक कदम र गैर जिम्मेवार प्रवृत्तिको द्योतक भएको समेत बताएका छन् ।
महामन्त्री तिमल्सिनाले बाटो बिराएको सरकारको एक पछि अर्को गलत रबैया विरुद्ध सचेतपूर्वक खबरदारी गर्नसमेत आव्हान गरेका छन् ।
उनले संविधानको मर्म विपरीत प्रस्तुत गरिएको अध्यादेश तत्काल फिर्ता गर्न माग समेत गरेका छन् ।