यो नेपाल हो सिजिङपिङको चीन नठान्नुहोस प्रधानमन्त्रीज्यू : डीला संग्रौला
प्रकाशित २०७७ वैशाख ८ सोमबार
587
Shares
काठमाडौं। नेपाली कांग्रेसकी नेतृ डा डीला संग्रौलाले नेपाललाई सिजिङपिङको चीन ठान्ने भुल नगर्न सचेत गराएकी छिन्। दुई अध्यादेश ल्याउने निर्णयसँगै सामाजिक संजालमा कडा रुपमा प्रस्तुत भएकी संग्रौलाले विपक्षी दलको नेताको अनुपस्थितिमा संवैधानिक परिषदको बैठक बस्न र निर्णय गर्न सक्ने गरी अध्यादेश ल्याउने निर्णयले लोकतान्त्रिक पार्टी र संविधानवादको मूलमर्ममाथि सांघातिक हमला गरेको बताएकी छिन।
विपक्षी बिनाको संवैधानिक परिषद् सम्बन्धि व्यवस्थालाई ओझेलमा पार्न दल सम्बन्धि अध्यादेश ल्याएको आशंका गर्दै उनले भनिन, 'आफूलाई चीनको सिजिङपिङको नठान्नुहोस सम्माननीय प्रधानमन्त्रीज्यू यो नेपाल हो।'
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको महामारीसँग जुधिरहेको बेला असान्दर्भिक समयमा नेकपाको सरकारले राजनीतिक दल सम्बन्धि कानुन अध्यादेश मार्फत संशोधन गरेकोमा उनले आपत्ति जनाइन।
यस्तै राष्ट्रिय संकटको घडीमा आफ्नै पार्टीभित्रका आफ्नो विरोध गर्ने नेता तथा कार्यकर्ताहरुलाई तर्साउन र छिन्नभिन्न पार्ने नियत र आवश्यक परे पार्टीसमेत फुटाइ सत्तामा टिकिरहने मनसायले प्रधानमन्त्रीले चालेको कदमले आफ्नो खाल्डो आफैं खनेको उनले बताइन।