arrow

नेकपाको सचिवालय बैठकमा अध्यादेशबारे जानकारी

logo
रासस,
प्रकाशित २०७७ वैशाख ८ सोमबार
corona-ncp-meeing.jpg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठकमा मन्त्रिपरिषद्ले निर्णय गरी अघि बढाएका अध्यादेशहरूबारे जानकारी दिइएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयुक्त अध्यक्षतामा बसेको बैठकमा उक्त जानकारी दिइएको हो।

बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तिमा बैठकमा पार्टीका अध्यक्ष ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएको उल्लेख छ। बैठकमा सचिवालय ससदस्यले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आआफ्नो धारणा राखे।

छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। राष्ट्रपतिले आजै ‘संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७ र राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ जारी गरेकी हुन्।

बैठकले पार्टीलाई अझ एकताबद्ध बनाउन तथा कोरोना सङ्क्रमणविरूद्ध जारी लडाइँमा सिङ्गो मुलुक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा विशेष जोड दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ