arrow

सरकार लोकतन्त्रलाई अझ सकसमा पार्ने मार्गमा उद्यत : मिनेन्द्र रिजाल

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
minendra-rijal-congress.jpg

काठमाडौं। कोभिड-१९ को त्रासदीका कारण देश लकडाउनमा रहेकै बेला मन्त्रीपरिषद्ले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याउने निर्णयलाई राजनीतिक तथा नागरिक समाजले प्रतिगमन उन्मुख कदमको संज्ञा दिइरहेका छन्।

यसैबीच काग्रेस नेता डा मिनेन्द्र रिजालले सरकार लोकतन्त्रलाई अझ सकसमा पार्ने मार्गमा उद्यत रहेको बताएका छन्। नेता रिजालले ट्वीट गर्दै भनेका छन, 'कुन पार्टीका कोरना संक्रमितलाई सरकारी क्वारन्टीनमा राख्नु परेर सरकारले नयाँ अध्यादेश ल्याउन थाल्या हो बुझिएन; तर सरकार लोकतन्त्रलाई अझ सकसमा पार्ने मार्गमा उद्यत छ।'

संकटको यो अवस्थामा यस्तो अध्यादेश ल्याउनुपर्ने औचित्य सिद्ध हुन नसक्ने विभिन्न कोणबाट मत प्रकट भइरहेका छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ