arrow

लकडाउनका कारण रोकिएका रुसी फर्किए घर, अमेरिकाले जहाज पठाउदै

logo
प्रकाशित २०७७ वैशाख ८ सोमबार
roal_fligh.jpg

काठमाडौं । फ्लाइट एयरलाइन्सले ११० रुसी नागरिक बोकेर गन्तव्यतर्फ उडेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुसी नागरिक लिएर रोयल फ्लाइटको चार्टर्ड जहाज रसिया उडेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए ।

रसियाको जोइन्ट स्टक कम्पनीद्वारा सञ्चालित चार्टर वायुसेवा कम्पनी रोयल फ्लाइट रुसी नागरिक लिन सोमबार बिहान काठमाडौँ आएको थियो । लकडाउनका कारण नेपालमा रोकिएका नागरिक लैजान उक्त जहाजले चार्टर्ड उडान भरेको हो । नेपालस्थित रुसी दूतावासको पहलमा रसियाले आफ्ना नागरिक जहाज चार्टर्ड गरी स्वदेश फर्काएको जनाइएको छ । 

यसैबीच नेपालमा रोकिएका आफ्ना नागरिक लैजान अमेरिकाले मङ्गलबार काठमाडौँमा जहाज पठाउने भएको छ । अमेरिकी जहाज मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी अमेरिकन नागरिकलाई लिएर फर्किने विमानस्थलले जनाएको छ । 

यसअघि अमेरिकाले कतार एयरवेजको जहाज चार्टर्ड गरी आफ्ना नागरिक लगेको थियो । यो पटक भने अमेरिकाले आफ्नै जहाज पठाउन लागेको जनाइएको छ । तर कुन कम्पनीको जहाज आउने भने विमानस्थलले खुलाएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ