भूपाल प्रज्ञापरिषदबाट १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग
प्रकाशित २०७७ वैशाख ७ आइतबार
564
Shares
काठमाडौं । कोरोना रोकथाम र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुका लागि भूपाल प्रज्ञापरिषदले १२ लाख बराबरको स्वास्थ्य सामग्री सहयोग प्रदान गर्ने भएको छ।
महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै आतङ्कित पारेर बिषम परिस्थितिको सिर्जना भएको दुःखदायी अवस्थाको सामना गर्न भूपालमानसिंह कार्की प्रज्ञापरिषद्को तर्फबाट १२ लाख बराबरको स्वास्थ्य सामग्री प्रदा नगर्न लागेको संस्थाका सदस्य सचिव नरेन्द्रराज प्रसाईले जानकारी दिए।
स्वास्थ्य सामग्री खरिद गरि नेपालका सातै प्रदेशमा उपलब्ध गराउने प्रसाईले बताए। भूपाल प्रज्ञापरिषद्का अध्यक्ष लोकमानसिंह कार्कीको अध्यक्षतामा आइतबार बसेको बैठकले पीपीई पूर्ण शारीरिक सेट ३०० थान, एन ९५ माक्स २५० थान, डिजिटल थर्ममिटर ५० थान, इन्फ्रारेड गन २० थान सम्बन्धित ठाउँमा तुरून्तै हस्तान्तरण गरिने उल्लेख गर्दै प्रसाईले भविष्यमा आवश्यक्ता अनुसार थप सहयोग गर्ने पनि भूपाल प्रज्ञापरिषद्ले निर्णय गरेको बताए।