arrow

मुगुमा आरडीटी पोजेटिभ देखिएका व्यक्तिको परिवारको रिपोर्ट नेगेटिभ

logo
युद्घ बहादुर मल्ल,
प्रकाशित २०७७ वैशाख ५ शुक्रबार
corona-mugu-test.jpg

मुगु। विहिबार खत्याड गाँउपालिका वडा नं ५ का एक व्यक्तिको आरडीटी परिक्षण गर्दा पोजेटीभ रिपोट आएपछि शुक्रबार उनका सबै परिवारमा कोभिट १९ आरडीटी परिक्षण गरिएको छ ।

उनका ५ जना परिवार र उनीसंगै भारतबाट आएका १ जनाको शुक्रबार आरडीटी परिक्षण गर्दा नेगेटिभ रिपोट आएको र विहिबार पोजेटिभ रिपोर्ट आएका व्यक्तिको आज पुनः आरडीटी परिक्षण गर्दा पनि रिर्पोट पोजेटीभ आएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले बताए ।

शुक्रबार ४० जना खत्याड गाँउपालिका २ जना मुगुम कार्मारोङ्ग गाउँपालिकाका स्थानियहरुको आरडीटी परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको डाक्टर नगरकोटीले जानकारी गराए । हालसम्म १३२ जनाको आरडीटी ५ जनाको पीसीआर परिक्षण भएको छ। 

आरडीटी पोजेटीभ देखिएका व्यक्तिको स्वाव परिक्षणका लागी सुर्खेत पठाउन कठिनाई भएको छ । गाडीबाट पठाउन खत्याड जाने सडक विग्रेको र हेलिकप्टरका लागी पहल भैरहेको प्रजिअ निरौलाले बताए ।

खत्याड गाँउपालिकामा आरडीटी पोजेटीभ देखिए पछि त्यो गाँउपालिकामा भारत तथा तेस्रो मुलकबाट आएका सबैको आरडीटी परिक्षण गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानबाट आरडीटी किड १०० थान सहित ५ जना स्वास्थ्यकर्मीको टोली मुगुतर्फ हिडिसकेको पनि जिल्ला स्वास्थ्य सेवा कार्यालय मुगुले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ