-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले सत्ता र कोरोना भाइरस उस्तै भएको बताएका छन् ।
शुक्रबार बिहानै सामाजिक संजाल फेसबुकमा आफ्नो विचार लेख्दै डा भण्डारीले, ‘सत्ताले कुन समयमा के गर्नु पर्दछ भन्ने जान्दो रहेनछ’ भनेका छन् ।
उनले सरकार आफूले आफूलाई चिन्न नसक्नेरहेछ भन्दै ‘दृष्टि विहिन कान नसुन्ने सत्ता’ भनेका छन् ।
सरकारका कामकार्वाहीप्रति निकै गहिरिएर अध्ययनसमेत गर्दै आएका डा भण्डारीले सरकारलाई ‘बोल्न पर्ने बोल्दैन्न नसा पसेपछि’ भनी आरोप लगाएका छन् ।
उनले ‘बारीको डोरामा बसेर पटर पटर गरेर के पो हुन्छ र’ भन्दै अगाडि सरकारलाई नै प्रश्न गरेका छन्, ‘खाउ बस मोज गर कोरोना भन्दा तिमीमा के फरक छ र ?’
अन्तिममा नेता भण्डारीले सत्ता र कोरोनासंग तुलना गर्दै लेखेका छन्, ‘आखिर कम्जोरलाई च्याप्ने न हो ।’