मोरङमा रहेका पाकिस्तान र भारतका १९ जमातीको कोरोना परिक्षण, नेगेटिभ रिपोर्ट
किरण न्यौपाने,
प्रकाशित २०७७ वैशाख ३ बुधबार
982
Shares
रंगेली। मोरङको विभिन्न मस्जिदमा रहेका पाकिस्तान र भारतका १९ जमातीसहित ३४ जनाको कोरोना परिक्षण गरिएको छ। उनिहरु सबैको रिपोर्ट नेगेटिभ आएको छ।जमातीको क्रममा करिव ३ महिना अघि नेपाल आएका उनिहरु लकडाउन संगै मोरङको धनपालथान गाऊपालिकामा १० जना भारतीय र सुनवर्षि नगरपालिकामा ९ जना पाकिस्तानी जमातीहरु अलपत्र परेपछी प्रशासनले करिव ३ सातादेखि उनिहरुलाई सोही मस्जीदमा क्वारेन्टाइन रहेका थिए।
१ नं. प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगत प्रदेश जनस्वास्थ्य प्रयोगशालाको घुम्ती टोलीले र्यापिड डाईनोष्टीक टेस्ट (आरडिटि) गर्दा उनिहरुको रिर्पोट नेगेटिभ आएको हो। हाल उनिहरुलाई सोही स्थानको मस्जिदमा राखीएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका कर्मचारी प्रकाशचन्द्र कार्कीले उनिहरुको परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको जानकारी दिदै हाल मोरङ जिल्ला सहित १ नम्बर प्रदेशमा -यापिड डाईनोष्टीक टेस्टलाई तिब्रता दिएको बताए।
साथै रोजगारीको शिलसिलामा भारतबाट फर्किएका १५ जना नेपालीहरुको रिपोर्ट समेत नेगेटिभ देखिएको छ। लकडाउनको क्रममा अबैध रुपमा नेपाल प्रवेश गरेका उनिहरुलाई प्रशासनले मोरङको विभिन्न स्थानमा क्वारेन्टाइन गरेको थियो। स्वास्थ्य चौकी अमरदहमा ८ जना, रंगेली अस्पतालमा ३ जना तथा होम क्वारेन्टाइनमा रहेका ३ जना र स्वस्थ्य चौकी कर्सियामा १ जना गरी १५ लाईक्वारेन्टाइन गरिएको थियो। उनिहरु मध्ये रंगेली अस्पतालमा बसेका ३ जनालाई घर पठाएको रंगेली अस्पतालले जनाएको छ।