arrow

लकडाउनपछि काभ्रेबाट बाँके आइपुगेका बर्दियाका युवक बाटोबाटै बेपत्ता, भएको थियो यस्तो

logo
प्रकाशित २०७७ वैशाख २ मंगलबार
93097720_898856877239966_72.jpg

नेपालगञ्ज। बर्दिया ठाकरबाबा नगरपालिका वडा न ३ बखतपुरका ३० बर्षिय चक्र थारु काभ्रेपलाञ्चोकबाट घर फर्किने क्रममा बाँकेको राप्ती सोनारी अगैया आइपुगेपछि सम्पर्कबिहिन भएका छन् । 

शुक्रबार गाउँले साथीहरुसँगै ट्रकमा अगैयासम्म आएका थिए । अगैयामा शौच गर्न गएका थारु केही ढिलो गरेपछि अन्य साथी पैदल हिँँडेका थिए । 

तर त्यसयता उनी सम्पर्क छैनन् । बेपत्ता भएका उनको चौतर्फी खोजीका लागि परिवारका सदस्यले आह्वान गरेका छन् । भोकले रन्थनिएका थारु अगैयाबाट कोहलपुरतर्फ लागेपनि त्यसपछि कसैसँग सम्पर्क हुन सकेको छैन । 

कालो सर्ट लगाएका थारुलाई जो कोहीले फेला पारेमा नजीकैको प्रहरी चौकी, ठाकुरबाबा नगरपालिकामा खवर दिन हुन ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले आग्रह गरेका छन् । 

थारुको खोजीका लागि सम्वाद समूह बाँके र बर्दियाले पनि आवश्यक समन्वय र पहल गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ