कोरोना कहरः बुटवलमा दैनिक उपभोग्य वस्तु किनमेलको व्यवस्थापन नहुँदा नागरिकलाई सास्ती
नारायण वली,
प्रकाशित २०७७ वैशाख १ सोमबार
424
Shares
रुपन्देही। प्रदेश–५ को अस्थायी मुकाम रुपन्देहीको बुटवलमा दैनिक उपभोग्य वस्तुहरुको किनमेलको उचित व्यवस्थापन नहुँदा यहाँका नागरिकहरुले निकै सास्ती व्यहोर्नु परेको छ । जसका कारण उपभोक्ता मात्रै होईन व्यवसायीहरुले पनि सास्ती व्यहोर्नु परेको छ ।
नोवेल कोरोना भाईरसको उच्च जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत्र ११ गते देखि लकडाउन गरेपछि रुपन्देहीका विभिन्न स्थानहरुमा विगतदेखि नै लाग्दै आएका साप्ताहिक हाटवजारहरु संक्रमण फैलिने डरले जिल्ला प्रशासन कार्यालय रुपन्देहीको निर्देशनमा बुटवल उप– महानगरपालिकाले वन्द गराएपछि तरकारीजन्य वस्तुहरुको किनमेल प्रभावित वन्न पुगेको हो ।
साप्ताहिक हाट बजारहरु वन्द भएपछि बुटवल उपमहानगरपालिका वडा नं.८ मा रहेको कृषि उपज थोक बजार केन्द्रबाट विहान र साँझ सामाजिक दुरी कायम गरी तरकारीजन्य वस्तुहरु किनेमेल गर्न खुल्ला गरिएको थियो। तर त्यहाँ किनमेल गर्ने उपभोक्ताहरुको वाक्लो उपस्थिती र निश्चित मापदण्ड नअपनाएको जनगुनासो पछि स्थानिय प्रशासन, नगर प्रहरी र कृषि उपज थोक बजार केन्द्र समितिका प्रतिनिधिहरुको विशेष निगरानीमा पनि कुनै फरक नपरेपछि वजार चैत्र २३ गते देखि वन्द गरिएको छ ।
थोक वजार केन्द्र वन्द हुन पुगेपछि निश्चित मापदण्ड पुरा गर्दै, तरकारी किन्नलाई स्थानिय उपभोक्ताहरुको सहजताको लागि बुटवल उपमहानगरपालिकाले नगरका १९ वटै वडाका विभिन्न स्थानहरु तोकेको छ । तर नगरपालिकाले तोकिएका स्थानहरुमा हरियो तरकारी किन्नका लागि गएका उपभोक्ताहरुलाई नगर प्रहरी र नेपाल प्रहरीले थपाउने काम गरिरहेको बुटवलको हाटवजार लाईनमा तरकारी किन्न आएकी शान्ता भुसालले दुखेसो पोखिन् ।
बुटवलको तिनकुनेस्थित दैनिक उपभोग्य वस्तु किन्न आएका श्याम गाहाले नगरपालिकाले तोकेको स्थान र समयमा तरकारी किन्न आउँदा पनि नगर प्रहरी र प्रहरीले थपाएकोमा विरोध गर्दै स्थानिय सरकारलाई तरकारी वजारमा किनमेललाई व्यवस्थित वनाउन आग्रह गरे ।