arrow

लकडाउनमा पैँचो र सहयोगबाट दैनिकी

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
Jajarkot-hamrakura.jpg.jpeg

जाजरकोट । भेरी नगरपालिका–१ कालेगाउँकी धनकुमारी कामीलाई दैनिक विहान बेलुकी कसरी छाक टार्ने भन्दै चिन्ताले सताइरहेको थियो ।

कामीको घरमा भएको अन्न सकिएपछि उनले छिमेकीसँग पैँचो मागेर गुजारा चलाइरहेकी थिइन् । आइतबार दिउँसो उनको घरमा ३० केजी चामलसहित तेल र दाल लिएर स्थानीय सहदेव बस्नेत र वडा अध्यक्ष दीपक राना पुगे । 

यसरी घरमै सहयोग मिलेपछि धनकुमारी खुशी नहुने कुरै भएन । धनकुमारीले सहयोगदाताको जय जयकार गरिन् । अब उनलाई पैँचो तिर्न पनि पुग्ने सामल भयो । अध्यक्ष रानाले व्यक्तिगत पहलमा सो सहयोग गरेका हुन् । 

खहरेखोलाकी सुशीला सुनारले पनि ३० केजीको चामल पाएपछि दैनिकी चल्ने आशा पलाएको बताइन् । कोरोना रोकथामका लागि लकडाउन जारी भएकाले उनीहरुले मजदुरी गर्न पाएका थिएनन् । 

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको वडा रहेको सो वडाका स्थानीयवासीले समस्या पर्दा अरुलाई समेटेर भाइचारको सम्बन्ध बलियो बनाएर लैजानुपर्छ भन्ने सन्देश दिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए ।

उनले स्थानीयवासीले संसार जित्न सकिन्छ भन्ने सन्देश दिएको जनाए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ