arrow

बिहान ८ बजे घरको छतमा जाऔं र राष्ट्रिय गान गाऔं  

logo
प्रकाशित २०७७ वैशाख १ सोमबार
kp-sharma-oli.jpg

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसले निम्त्याएको विपत्तिमा साथ दिन अग्रस्थानमा रहेर सहयोग गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतको सम्मानमा सोमबार बिहान ८ बजे घरको छतछतमा गएर राष्ट्रिय गान गाएर थपडी बजाउन आग्रह गरेका छन् । 

उनले नयाँ वर्षको पहिलो दिन ती योद्धाहरुको सम्मानमा सबै एक जुट हुन आव्हान गरेका हुन् । ओलीले साहसीलाई साथ दिनका लागि  ‘राष्ट्रिय गान गुन्जाऔँ र बजाऔँ’ अभियानलाई साथ दिन आग्रह गरेका हुन् । 

ओलीले ग्लोबल कम्प्याक्ट नेपालको उक्त कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गरेका हुन् । 

ओलीले आइतबार साँझ ट्विट गरी आफूलाई सो कार्यक्रम राम्रो लागेको जनाउँदै उक्त आग्रह गरेका हुन् । 

गत चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन लगाइएको भएकाले सामाजिक दूरी कायम राख्दै आफ्नो घरको छतछतमा गएर राष्ट्रिय गान गाई थपडी बजाउन आव्हान गरिएको हो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ