नँया बर्षमा खनालको शुभकामना - कोरोनाबिरुद्ध एकजुट भएर पराजित गर्नुपर्ने
प्रकाशित २०७६ चैत ३० आइतबार
437
Shares
काठमाडौं । नेकपाका बरिष्ठ नेता तथा पूर्बप्रधानमन्त्री झलनाथ खनालले नँया बर्षको शुभकामना दिएका छन् । आइतबार शुभकामना दिदै खनालले बिश्वब्यापी महामारीका रुपमा फैलिदै गरेको कोरोना भाइरस संक्रमणको बिरुद्ध सबै जना एकजुट भई लड्नु पर्ने र पराजित गर्नुपर्ने बताएका छन् ।
शुभकामनामा खनालले भनेका छन्,' नँया बर्ष २०७७ सालको सुखद उपलक्ष्यमा स्वदेश तथा बिदेशमा रहेनुभएका नेपाली दाजुभाई तथा दिदीबहिनी सम्र्पूणमा सुस्वास्थ्य,सुख,शान्ति तथा प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । साथै बिश्वब्यापी महामारीका रुपमा फैलिदै गरेको कोरोना भाइरस संक्रमणको संभावित जोखिमबाट जोगिन अझ केही दिन घर भित्रै बस्न र नियन्त्रणका लागि नेपाल सरकार तथा बिश्व स्वास्थ्य संगठनका निर्णय एवम् निर्देशनहरुलाई पालना गर्न समेत पुनः आह्वान गर्दछु ।'