मूर्ख शासक रहँदासम्म मानवजातिले दुःख पाइरहन्छ– डा चन्द्र भण्डारी
प्रकाशित २०७६ चैत ३० आइतबार
766
Shares
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व सांसद डा चन्द्र भण्डारीले नयाँ वर्ष २०७७ को शुभकामना दिएका छन् ।
उनले नयाँ वर्षको सन्देश दिँदै भनेका छन्, ‘विश्वभरी छरिएका यी मूर्ख शासक रहँदासम्म मानवजातिलाई सुख, सम्वृद्धि र शान्ति हुनै सक्दैन ।’
उनले भनेका छन्, ‘विकासले सुविधा दिए पनि मानवलाई शान्ति प्राप्ति हुँदैन । चीनबाट शुरु भएको कोरोनाको महामारीलाई समयमा नै लकडाउन मात्र गरी दिएको भए यस्तो विनाश हुने थिएन ।’
भण्डारीले कोरोनाबाट पाठ सिक्न सकिने सन्देश दिँदै भनेका छन्, ‘कोरोनाले संकट मात्र होईन नयाँ सोंच पनि जन्माउने छ भन्ने मेरो विश्वास हो । जसले नेतृत्वमा पनि परिवर्तन गर्नेछ ।’
उनले थपे, ‘इतिहास साक्षी छ संकटको समाधान पछि शक्ति स्थानान्तरित हुन्छ । तसर्थ अहिलेका नेता र शासकहरुलाई विदा गर्न सकियोस् भन्ने कामना सहित सबैलाई नयाँवर्षको को शुभकामना।’